Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सेयर बजार लाग्यो ओह्रालो, दोहोरो अंकको गिरावट हुँदा कारोबार १३ अर्बमा सीमित

उद्‌घोष संवाददाता
१८ साउन २०८२, आइतवार

काठमाडौं । गत सातादेखि सेयर बजारमा गएको पहिरो अझ थामिने संकेत देखिएको छैन । साताको पहिलो दिन दोहोरो अंकले घटेको छ । बजार सूचक र कारोबार रकम दुवैमा गिरावट छ ।

नेप्से परिसूचक ६३.७३ अंकले घट्दै २८५८.९० विन्दुमा रहँदा १३ अर्ब ७ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।

बजार खुला २९२३.८९ विन्दुमा रहेको बजार क्रमिक घटेको हो । १३ मध्ये कुनै पनि समूहका सूचक हरियो छैनन् ।

१६ कम्पनीको सेयरमूल्य बढेको छ भने २३३ कम्पनीको घटेको छ ।

दोस्रो बजार कारोबारमा आएयता लगातार बढेको सान्भी इनर्जीको शेयरमूल्य आइतबार ९.९९ प्रतिशतले नेगेटिभ सर्किट स्तरमा घटेको छ ।

समता घरेलु लघुवित्तको ९.९६ र ग्रीन भेञ्चर्सको ५.७७ प्रतिशतको गिरावट छ । बढेका कम्पनीमध्ये ट्रेड टावर र शिवश्री हाइड्रोपावरको सेयरमा ९.९९ प्रतिशतको बढोत्तरी छ ।

सर्वाधिक कारोबार हुने ५ कम्पनीमा नेपाल पुनर्बीमा पहिलो नम्बरमा छ । उक्त कम्पनीको ७५ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै हिमालयन पुनर्बीमा ७१ करोड ५५ लाख, हिमालयन डिष्टिलरी ५८ करोड ८२ लाख, शिवम् सिमेन्ट ५५ करोड २ लाख र ज्ञादी ग्रुपको ४२ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसअघि गत बिहीबार नेप्से ३१.५० अंकले घट्दै २९२२.६३ विन्दुमा रहँदा १५ अर्ब ९८ करोड ८८ लाख रुपैयाँको कारोबार भएको थियो । गत आइतबार कारोबार रकम २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ पुगेको थियो ।

View : 481

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved