Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

पुष्पलाल स्मृति दिवसमा दीप प्रज्वलन

उद्‌घोष संवाददाता
८ साउन २०८२, बिहिवार

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसका अवसरमा विराटनगरको पुष्पलाल चोकमा दीप प्रज्वलन गरिएको छ ।

नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिए । 

एमालेका नेता कार्यकर्ताहरूको उपस्थितिमा पुष्पलाल चोकस्थित पुष्पलालको सालिकमा माल्यार्पण समेत गरिएको जनाइएको छ । 

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश संसदीय दलकी सचेतक ललिता चौधरी, एमाले कोशी प्रदेश कमिटीका सदस्य नरेन्द्र बस्नेत, नेतृ सरस्वती खरेल, जिल्ला कमिटी  सचिव सोमराज थापा, नेता महेश भट्टराईसहित जिल्ला कमिटी र महानगर कमिटीका सदस्यहरूको उपस्थिति थियो ।

View : 598

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved