Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

भुटान साफ च्यम्पियन्सिपको सेमिफाइनल प्रबेश

उद्‌घोष सम्वाददाता
८ कार्तिक २०८१, बिहिवार

काठमाडौं, ८ कात्तिक । भुटान साफ महिला  च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १३–० ले गोलअन्तरले पराजित गर्दै भुटान सेमिफाइनलमा प्रवेश गरेको हो ।

भुटानको जितमा देकी लाजोमले पाँच, पेमा छोदेन र डेकी याङदोनले समान दुई तथा नामगेल देमा, देकी याङदोन, छिरिङ लादेन र सोनाम छोदेनले समान एक/एक  गोल गरे ।

देकी लाजोमले  खेलको १५औँ, १९औँ, ४६औँ, ५२ औँ र ७०औँ  मिनेटमा गोल गरिन् ।

यसैगरी पेमाले खेलको ७औँ र १७औँ, छिरिङ याङदेनले ६५औँ र ८०औँ, सोनमले ५औँ, नामगेलले ४१औँ, देकी याङदेनले ४७ औँ तथा छिरिङ लादेनले ६८औँ मिनेटमा गोल थेपे ।  

पहिलो खेलमा नेपालसँग गोलरहित बराबरीमा रोकिएको भुटानले लगातार जित निकाल्दै सात अङ्क जोड्दै अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

भुटानले श्रीलङ्कालाई ४–१ ले हराएको थियो । 

अन्तिम खेल खेल्न बाँकी रहेको नेपालसँग चार अङ्क छ ।

श्रीलङ्काको दुई खेलमा तीन अङ्क छ ।

नेपालले आज साँझ नै श्रीलङ्कासँग खेल्ने छ ।  रासस

View : 133

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved