विराटनगर । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
क्षेत्र नम्बर १ को उर्लाबारी, क्षेत्र नम्बर २ को रतुवामाई, क्षेत्र नम्बर ३ को बेलबारी, क्षेत्र नम्बर ४ को हृदयन्द्र बाल उद्यान, विराटनगर, क्षेत्र नम्बर ५ को सुनसरी–मोरङ सिंचाई आयोजनाको कार्यालय र क्षेत्र नम्बर ६ को जिल्ला समन्वय समितिको कार्यालय देवकोटा चोकमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको कोशी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन निर्वाचन क्षेत्र नम्बर ६ को समेत जिम्मेवारी रहेका मुख्य निर्वाचन अधिकृतमा मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसाईले गरेका थिए । उक्त कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल लगायत सुरक्षा निकायका प्रतिनिधिहरु सहभागी थिए ।
कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरले आसन्न फागुन २१ गतेको निर्वाचनलाई लक्ष्य गरेर कार्यालयमा विभिन्न प्रकारका निर्वाचन सामग्रीहरू तयारीका लागि आवश्यक अघि बढाएको जनाएको छ ।
View : 303
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved