Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एसईई परीक्षाको नतिजा

सामुदायिकमा पोखरिया र संस्थागततर्फ विकेभीएमका विद्यार्थीको 'जीपीए छलाङ'

उद्‌घोष संवाददाता
३० वैशाख २०८३, बुधवार

विराटनगर । सोमबार राती सार्वजनिक भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजाअनुसार मोरङको समग्र नतिजामा व्यापक सुधार देखिएको छ । 

गत वर्ष १८ जनाले ४ जीपीए ल्याएकोमा यस वर्षको नतिजाअनुसार मोरङमा ७९ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तीर्ण हुन सफल भएको शिक्षा विकास तथा समन्वय इकाई मोरङले जनाएको छ ।

सामुदायिक विद्यालयतर्फ समेत यस वर्ष निकै सकारात्मक नतिजा आएको छ । 

कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयको स्थान बनाएको विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयका ११ जना विद्यार्थीले यस वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याएका छन् । 

पोखरियाबाट परीक्षा दिएका विद्यार्थीहरू झण्डै सत् प्रतिशत उत्तीर्ण भएका हुन् ।

पोखरियाका आयुष गुप्ता, अभिमन्यु पोद्दार, खुशी गुप्ता, कृपाशा दाहाल, मिसन राजवंशी, रामकृष्ण न्यौपाने, रसिक कोइराला, साकेतरञ्जन ठाकुर, सौगात फुयाल, सिवानी गेलाल र सुयोग पोखरेल ४ जीपीए ल्याएर उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए ।

विद्यालयबाट एसईई परीक्षामा ४५६ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ९९ दशमलव ५६ प्रतिशत अर्थात ४५४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार ३.९० देखि ३.९७ जीपीए ल्याउने विद्यार्थीको संख्या ३४ रहेको छ । 

३.८० माथि जीपीए ल्याउने ८७ जना, ३.७० माथि ल्याउने ११७ जना रहेका छन् । त्यस्तै, ३.६० माथि ल्याउने ८१ जना र ३.२० माथि जीपीए ल्याउने १२३ जना रहेका छन् ।

विद्यालयले यस वर्षको नतिजालाई शिक्षक–अभिभावकको समन्वय र विद्यार्थीको निरन्तर परिश्रमको परिणाम भएको जनाएको छ । 

पोखरियामात्रै होइन, सामुदायिकतर्फ यसपटक विराटनगर–७ स्थित सत्यनारायण माविका दुई विद्यार्थीले समेत पहिलो पटक ४ जीपीए ल्याएका छन् । यो नजिता सत्यनारायण माविलाई ऐतिहासिक सफलता हो । 

विद्यार्थीहरू रोहितकुमार साह र सुभमकुमार ठाकुरले ४ जीपीए हाँसिल गरेको विद्यालयका शिक्षक प्रभात नेपालले जानकारी दिए । उनले यो नतिजा विद्यालयका लागि ऐतिहासिक भएको बताए । यसअघिका एसईई परीक्षामा कुनै पनि विद्यार्थीले जीपीए ४ नतिजा प्राप्त गरेका थिएनन् ।

सत्यनारायणका ५० जना विद्यार्थी ३.६ देखि ४.०० जीपीए ल्याएर उत्तीर्ण भएको जनाइएको छ । त्यस्तै, ३.२ देखि ३.६० जीपीए ल्याउने १०८ जना, २.८ देखि ३.२० जीपीए ल्याउने १०१ जना र २.४ देखि २.८० जीपीए ल्याउने १० जना विद्यार्थी रहेका छन् ।

यता, अघिल्लो वर्ष सामुदायिकतर्फ उत्कृष्ट नजिता हा“सिल गरेका आदर्श माध्यमिक विद्यालयले पनि समग्र नजितामा सुधार ल्याएको छ । 

आदर्शका दुईजना विद्यार्थीले यसपटक ४ जीपीए ल्याएर ल्याएका छन् । विद्यालयबाट ३९१ जना परीक्षार्थीमध्ये ९६ दशमलव ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

१३१ जनाले ३.६० देखि ४.०० जीपीए प्राप्त गरेका छन् । त्यसैगरी ३.२० देखि ३.६० जीपीए ल्याउने १६४, २.८० देखि ३.२० जीपीए ल्याउने ७४ र २.४० देखि २.८० जीपीए ल्याउने ७ जना विद्यार्थी रहेका छन् ।

यस्तै, उर्लाबारी नगरपालिका–६ स्थित राधिका माविकी छात्रा मनिका लामिछानेले ४ जीपीएसहित एसईई परीक्षा उत्तीर्ण गरेकी छन् । सुन्दरहरैंचास्थित सुकुना माविकी सोयाङ राईले पनि ४ जीपीए ल्याएकी छन् ।

यता संस्थागत विद्यालयतर्फ विराटनगर–११ स्थित वालकल्याण विद्या मन्दिर (बीकेभीएम) ले आफ्नो नतिजामा व्यापक सुधार देखाएको छ । 

गत वर्ष चारजना विद्यार्थीले ४ जीपीए ल्याएर उत्तीर्ण गरेकोमा यस पटक १८ जनाले ४ जीपीए ल्याएका हुन् ।

बीकेभीएमकी आरुषा कोइराला, आयुषी कृतिका खड्गी, आयुषी साह, अधिराज खतिवडा, अमोद काफ्ले, अनमोल पोखरेल, कोपिला आचार्य, मञ्जित यादव, मानवी खड्का, निहारिका दाहाल, प्रिन्स बाबु यादव, प्रिया यादव, राजन साह, रिति दाहाल, शुभम बज्राचार्य, सिम्रन यादव, स्नेहा वस्ती र तेजस्वी खनालले ४ जीपीए प्राप्त गरेका हुन् ।

विद्यालयका अनुसार २२७ जना विद्यार्थीले ३.६१ देखि ४.०० सम्मको जीपीए हाँसिल गरेका छन् भने ६१ जनाले ३.२१ देखि ३.६० सम्मको जीपीए ल्याएका छन् । त्यस्तै २ जना विद्यार्थीले २.८१ देखि ३.२० सम्मको जीपीए प्राप्त गरेको जनाइएको छ ।

सुन्दरहरैंचास्थित सिद्धार्थ बोर्डिङ स्कुलका छ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । विद्यालयका अनुसार विद्यार्थीहरू अविज्ञा आचार्य, युनिशा थापा, प्रेरणा राई, अञ्जना कार्की, सलिना गिरी र आर्थिक बस्नेतले ४ जीपीए ल्याएका हुन् ।

विराटनगरकै सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलबाट चारजना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । 

विद्यार्थीहरू आस्था रौनियार, इप्सिका चापागाईं, सुप्रिया सिंह र उत्सव थापाले ४ जीपीएको सर्वोत्कृष्ट नजिता ल्याएका हुन् । 

त्यस्तै विद्यार्थीहरू जेस्ना राई, जितु कुनाल साह, प्रिन्सकुमार साह, पुकार कार्की, शाम्भवी देव र शिव साहले समान ३.९५ जीपीए प्राप्त गरेको जनाइएको छ । 

विराटनगर–२ स्थित बूढानीलकण्ठ सेकेण्डरी इङ्लिस स्कूलका तीनजना विद्यार्थीले पनि ४ जीपीए ल्याएका छन् । 

विद्यालयका प्रिन्सिपल मणिराज भट्टराईका अनुसार आयुष ढुंगाना, आयुषा ढुंगाना र सरस अधिकारीले ४ जीपीए ल्याएका हुन् । 

त्यस्तै, किशन अग्रवालले ३.९६ जीपीए र सेबिका दाहालले ३.९५ जीपीए ल्याएको उनले जानकारी दिए । 

विद्यालयले विगत वर्षझैं यसवर्ष पनि उत्कृष्ट नतिजा प्राप्त गरेको प्रिन्सिपल भट्टराईले बताए । उनले विद्यालयबाट ६८ जनाले ३.६ देखि ४.० जीपीए प्राप्त गरेको बताए ।

उर्लाबारी नगरपालिका–७ स्थित नेपाल आदर्श इङ्लिस सेकेण्डरी स्कुलका तीन विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । प्रेक्षा खड्का, श्रृजन पाण्डे र मेरिना कार्कीले ४ जीपीए ल्याएका हुन् ।

विराटनगरकै सेन्ट जोसेफ सेकेण्डरी स्कुलका विद्यार्थीहरू नीतिशा सन्थालिया र बरदान केसीले पनि ४ जीपीए हाँसिल गरेका छन् । 

मोर्डन एराका नितेश यादवले पनि ४ जीपीए ल्याएर एसईई परीक्षा उत्तीर्ण गरेको प्रिन्सिपल इन्द्रकुमार राईले बताए ।

रंगेली–७ को मिनील्याण्ड इङ्लिस बोर्डिङ स्कुलका भानुभक्त भट्टराईले ४ जीपीए ल्याएका छन् । 

विराटनगरको लिलीपुट प्रिमियर स्कुलकी छात्रा सभ्यता भण्डारी पनि ४ जीपीए ल्याएर एसईई उत्तीर्ण भएको विद्यालयले जनाएको छ । 

ग्रामथान गाउँपालिका–२ स्थित शारदा बोर्डिङ स्कुलका नारायण लुईंटेलले ४ जीपीए ल्याएका छन् ।

View : 2051

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved