Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

तेरापन्थ युवक परिषदको नयाँ समिति

उद्‌घोष संवाददाता
१ असार २०८२, आइतवार

विराटनगर । तेरापन्थ युवक परिषद विराटनगरको नयाँ कार्यसमिति चयन भएको छ । 

अरिहन्त बैद्यले निकटतम् प्रतिष्पर्धी पवन बोथरालाई पछि पार्दै आगामी वर्ष २०८२–८३ का लागि नेतृत्वको जिम्मेवारी पाएका हुन् ।

शनिबार भएको निर्वाचनमा कुल १७४ मत खसेकोमा अरिहन्त बैद्यले ८७ र पवन बोथराले ८० मत प्राप्त गरेका थिए । 

निर्वाचित अध्यक्ष बैद्यले पदभार ग्रहणपछि परिषदको सामाजिक, सांस्कृतिक र सेवामूलक गतिविधिमा अझ सशक्त ढंगले अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका छन् । 

अध्यक्षमा पराजित पवन बोथराले पनि विजयी उम्मेदवारलाई बधाई दिंदै परिषदको भावी कार्यकालका लागि सफलताको कामना गरेका छन् ।

View : 481

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved