Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

नबिल बैंकले महानगरलाई दियो दुई लाख

उद्‌घोष सम्वाददाता
१९ मंसिर २०८१, बुधवार

विराटनगर । विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजनाका लागि नबिल बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ । 

बैंकले महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । 

बैंकका प्रदेश प्रमुख दीपककुमार श्रेष्ठ, विराटनगर शाखाका प्रमुख समीर श्रेष्ठ, विराटनगर शाखाकै डीआरएम सृष्टि ओझाले मेयर कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् ।

हालसम्म २४ लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा संकलन भइसकेको छ । 

यसअघि १३ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट २२ लाख ५० रुपैयाँ जम्मा भइसकेको थियो । सो सडकको सौन्दर्यीकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ ।

View : 89

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved