Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

महेश खड्का भए पीपीएल मोरङको अध्यक्ष

उद्‌घोष संवाददाता
१८ पुष २०८२, शुक्रवार

Advertisement

विराटनगर । प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपाल (पीपीएलए)को छैटौं मोरङ जिल्ला अधिवेशनबाट अध्यक्षमा अधिवक्ता महेशकुमार खड्का निर्विरोध चयन भएका छन् । नेकपा एमाले निकट कानून व्यवसायीहरूको संगठन पीपीएलएको बिहीबार विराटनगरमा सम्पन्न अधिवेशनबाट खड्का अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनले रुकमिणा दाहाललाई उपाध्यक्ष, सविता घिमिरे सचिव र सम्झना चौधरीलाई कोषाध्यक्ष चयन गरेको छ । त्यस्तै सदस्यहरूमा पूर्ण गौतम, मदन पन्त, पवित्रा भट्टराई, प्रेम श्रेष्ठ, दिनेश भट्टराई, रीता दाहाल, लक्ष्मी कर्ण, ममता दास र पेरिस सुवेदी चयन भएका छन् ।

कोशी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता नारायण वस्तीको प्रमुख आतिथ्यता तथा नेपाल बार एसोसिएसनका उपाध्यक्ष पदम लिम्बूको विशेष आतिथ्यतामा भएको अधिवेशनमा पूर्वन्यायाधिवक्ता वरिष्ठ अधिवक्ता चुडामणि आचार्य, वरिष्ठ अभिवक्ताहरू सुरेशलाल श्रेष्ठ, शान्तिराम भण्डारी, हेमराज पराजुली, गणेशराज लुईंटेल, खगेन्द्रबहादुर श्रेष्ठ, रामप्रसाद भण्डारीसहित विराटनगर उच्च अदालत बार एसोसिएसनका अध्यक्ष हरिबहादुर बराल, नेकपा एमाले मोरङ सचिव तथा अधिवक्ता सोमराज थापालगायतले नवनिर्वाचित समितिलाई शुभकामना दिएका थिए ।

View : 1586

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved