Biratnagar, Morang, Nepal
३० वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
प्रविधि

एमबीएस एक्स्पो: वर्ल्डलिंकको नयाँ जडान र नवीकरणमा दुई महिना सित्तै इन्टरनेट

उद्घोष सम्वाददाता
११ पुष २०८०, बुधवार

विराटनगर । मोरङ व्यापार संघ एक्स्पो २०२३ मा रहेको स्टलबाट वर्ल्डलिंकको नयाँ जडान र नवीकरण गर्ने ग्राहकले थप दुई महिना सित्तैमा इन्टरनेट पाउँदैछन् । एक बर्षका लागि १५० एमबीपीएस गतिको इन्टरनेट जडान गर्दा नेट टिभीसहित ११ हजार ५०० रुपैयाँ लाग्ने छ । जसमा थप दुई महिनाका लागि सोही गतिको इन्टरनेट सेवा बोनस दिइने वर्ल्डलिंकले जनाएको छ । त्यसैगरी तीन महिनाका लागि २ हजार ७०० मै इन्टरनेट जडान हुने कम्पनीको भनाई छ ।

यसअघि वर्ल्डलिंक जडान गरेर नविकरण गर्ने बेला भएका ग्राहकले एक्स्पोको स्टलबाट नवीकरण गर्दा पनि थप दुई महिना इन्टरनेट पाउने सेल्स सुपरभाइजर अविनास दासले जानकारी दिए । दुई महिना बोनस नचाहने ग्राहकले १० प्रतिशत छुटको सेवा लिनसक्ने पनि उनले बताए । इन्टरनेट जडान र नवीकरण गर्ने ग्राहकलाई स्टलबाट उपहारहरु समेत व्यवस्था गरिएको जनाइएको छ ।

स्टलमै नगद वा अनलाइन माध्यमबाट रकम भुक्तानीको व्यवस्था गरिएको जनाइएको छ । वर्ल्डलिंकको स्टलबाट करीव ३ हजार २०० रुपैयाँ मुल्य पर्ने बोट कम्पनीको एयर वड १ हजार ६९९ रुपैयाँमै खरिद गर्न सकिने पनि जनाइएको छ । 

वर्ल्डलिंकले घरको सवैतिर वाइफाईको सिग्नल नपुगेको अवस्थामा १ हजार ५०० रुपैयाँमै बिना धरौटी विकन राउटर जडान गर्न मिल्ने अफर पनि दिएको छ । उक्त अफर एक्स्पोको अवधि भरी उपलब्ध हुने जनाएको छ । एक्स्पो बाहिर भने सो राउटर राख्नका लागि थप २ हजार २०० रुपैयाँ धरौटी तिर्नुपर्ने नियम रहेको वर्ल्डलिंकले जनाएको छ ।

अन्य इन्टरनेट सेवा प्रदायकका ग्राहकले वर्ल्डलिंकको स्टलमा कुपन भरेर छाडेको खण्डमा लक्की ड्रबाट एक बर्षका लागि २०० एमबीपीएस गतिको इन्टरनेट सित्तैमा प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।

एक्स्पो स्थलमा वर्ल्डलिंकले निशुल्क इन्टरनेट सेवा दिंदै आएको जनाएको छ । 

स्टलबाट वर्ल्डलिंकको सेवाबारे जानकारी लिन र सेवाको गुणस्तरबारे सुझाव दिन पनि सकिने जनाइएको छ । स्टलबाटै नयाँ लाइन जडान गर्न आवेदन गरेका ग्राहकको घरमा २४ घण्टाभित्रै इन्टरनेट जडान गरिने सेल्स सुपरभाइजर दासले दाबी गरे ।

View : 49

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved