विराटनगर । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा झापाबाट नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दुई कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा केन्द्रीय सचिवालय सदस्य तथा १ नं. ब्यूरो इन्चार्ज ‘धमिल’ र झापा जिल्ला कमिटी सदस्य हेम अर्याल रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरू बुधबार अपरान्ह बुद्धशान्ति गाउँपालिकाबाट पक्राउ परेको जनाइएको छ ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
नेकपा बहुमतका कार्यालय सचिव अविरलले पार्टीका नेता कार्यकर्ताको गिरफ्तारीको विरोध जनाउँदै तत्काल रिहा गर्न माग गरेका छन् ।
उनले संगठनात्मक कामको शिलसिलामा रहेका नेताहरूलाई पक्राउ गरेर सरकारले न्यूनतम् लोकतान्त्रिक अधिकारको उल्लंघन गरेको आरोप लगाएका छन् ।
View : 92
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved