Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

संघबाट बाढी पीडितहरुका लागि कम्बल हस्तान्तरण

उद्‌घोष संवाददाता
३१ असोज २०८२, शुक्रवार

Advertisement

विराटनगर । मोरङ उद्योग व्यापार संघले इलामका बाढी पीडितहरुका लागि राहत स्वरुप २५० थान कम्बल हस्तान्तरण गरेको छ । 

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालसहित संघका पदाधिकारीहरु र कार्यसमिति सदस्यहरुले बिहीबार राहत सामग्री कम्बल हस्तान्तरण गरेका हुन् । 

उनीहरूले बाढी पीडितहरुको उद्धार कार्यमा सक्रीय श्रस्टा नेपालकी अध्यक्ष विन्दीया कार्कीमार्फत बिहीबार उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

सो सामग्रीहरु हस्तान्तरण गर्दै संघका अध्यक्ष राठीले असोज तेस्रो साता भीषण वर्षका कारण इलामका विभिन्न स्थानमा बाढी पहिरोले प्रभावित भई हाल अस्थायी शिविरमा कष्टपूर्ण जीवन विताइरहेका सयौं पीडितहरुलाई केही हदसम्म राहत पुर्याउने उद्देश्यले संघबाट सो सामग्रीहरु पठाइएको जानकारी गराए । 

संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रिजालले बाढी पहिरोका कारण इलाममा मात्र दर्जनौंले ज्यान गुमाएको प्रति दुःख व्यक्त गर्दै बाढी पीडितहरुको कष्टपूर्ण जनजीवनलाई सामान्य बनाउन सरकार र सबै वर्ग सक्रीय रहनु पर्ने बताए ।

View : 606

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved