विराटनगर । पतञ्जली योग समिति मोरङको आयोजनामा सुन्दरहरैंचा–३ स्थित जुपिटर अंग्रेजी विद्यालयमा सह–योग शिक्षक प्रशिक्षण तालिम सञ्चालन भएको छ ।
३६ दिने सह–योग प्रशिक्षण तालिमको मंगलबार तेह्रौ दिनको कक्षा पतञ्जली योग समिति नेपालका केन्द्रीय सदस्य एवम् युवा नेपाल समितिका संयोजक लोकनाथ खनालले सञ्चालन गरेका थिए ।
सो योग प्रशिक्षण तालिममा पतञ्जली योग समिति मोरङका अध्यक्ष सुरेश अग्रवाल, कोशी प्रदेश समितिका संगठन मन्त्री विष्णु आचार्य, आजीवन सदस्य चन्द्रमणि गुरागाईं, उपाध्यक्ष दामोदर पोखरेल, सचिव ऋषि खतिवडा, कोषाध्यक्ष ओम प्रसाईं, सुभाष विष्ट खतिवडा, बाबुराम बानिया, जुपिटर अंग्रेजी विद्यालयका प्राचार्य हरिशचन्द्र ढकाल, सुकुना क्याम्पसका पूर्व प्रमुख पीतकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।
पतञ्जली योग समिति मोरङ अन्तर्गत मोरङका सबै १७ स्थानीय तहमा नियमित योग शिविर सञ्चालनका लागि पहल भैरहेको छ ।
अहिले उर्लाबारीमा एकहप्ते योग शिविर चलिरहेको छ । मंगलबार सो शिविर चार दिन पुगेको अध्यक्ष अग्रवालले बताए ।
यस्तै रतुवामाई, लेटाङ, सिजुवा, केराबारी,थलाहा, ग्रामथान पालिकामा नियमित योग कक्षा सञ्चालन भैरहेको छ । यस्तै विराटनगरको सबै १९ वडामा २४ वटा योग कक्षा दैनिक सञ्चालन भैरहेको अध्यक्ष अग्रवालले बताए ।
View : 517
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved