Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

उदयपुर एमाले निर्वाचन: १०० मत गन्दा राउत २७ मतले अघि

उद्घोष सम्वाददाता
१५ चैत २०८०, बिहिवार

विराटनगर । नेकपा एमाले उदयपुरको जारी मतगणनामा अध्यक्षमा भागवत राउतले अग्रता लिएका छन् ।

पहिलो १०० मत गणना सम्पन्न हुँदा राउतले ६३ मत प्राप्त गरेका छन् । वर्तमान अध्यक्ष परमेश्वर घिमिरेले ३६ मत पाएका हुन् । एक मत बदर भएको छ ।

त्यसैगरी उपाध्यक्षमा दिलबहादुर तामाङ ३८, कालुमान लामा २७ र भरतबहादुर थापा २३, सचिवमा टेकबहादुर राउत ३८, शम्भु पौडेल २६ र महेश रोक्काले २१ मत प्राप्त गरेका छन् ।

खुल्ला उपसचिवमा जीवनाथ दाहालले ४०, हेमबहादुर खड्का ३४, मन्दिप राई १४, धर्मबहादुर तामाङ ७ र दुर्गानन्द चौधरीले १३ मत पाएका छन् ।

महिला उपसचिवमा गंगा राईले ५१, महेश्वरी राईले २६ र गीता खड्काले १७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन कमिटीका अनुसार त्रियुगा नगरपालिका–३ स्थित द होटल इम्पायरमा बिहीबार बिहान साढे ९ बजेबाट मतगणना सुरु भएको हो । 

नवौं जिल्ला अधिवेशनबाट नेतृत्व चयन गर्न बुधबार राती भएको मतदानमा ६२४ प्रतिनिधिहरू मध्ये ५८१ जनाले मतदान गरेका थिए ।

२५–२५ वटा मतपत्रलाई चार ठाउँमा गणना गरेर १०० पुगेपछि मतपरिणाम सार्वजनिक गर्ने विषयमा उम्मेदवारीहरूबीच सहमति भएर अनुसार पहिलो मत परिणाम सार्वजनिक भएको जनाइएको छ ।

View : 95

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved