Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

पत्रकार पाठकलाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार

उद्‌घोष संवाददाता
१७ भदौ २०८१, सोमवार

Advertisement

विराटनगर । मोरङकी पत्रकार सुशीला पाठकलाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सोमबार नेपाल पत्रकार महासंघ मोरङको संयोजनमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

१० हजार रुपैयाँ राशीको उक्त पुरस्कारसहित सम्मानपत्र पत्रकार पाठकलाई प्रदान गरिएको हो ।

वि.सं. २०४५ सालमा स्थापना गरेको यो पुरस्कार हालसम्म १९ जना पत्रकारहरूले प्राप्त गरिसकेका छन् । हरेक वर्ष मोतिराम भट्टको जन्म जयन्तीको अवसर पारेर यो पुरस्कार प्रदान गरिंदै आएको छ । 

पत्रकार कोशराज रेग्मीले बुवा पिताम्बर रेग्मी र आमा खिलेश्वरी रेग्मीको स्मृतिमा स्थापना गरेको यो पुरस्कार ३ वर्षदेखि नेपाल पत्रकार महासंघ मातहत राखेर वितरण गरिंदै आएको जनाइएको छ ।

पुरस्कारले पत्रकारहरूको योगदानलाई राष्ट्रिय रुपमा चिनाउने काम गरेको पिताम्बर खिलेश्वरी स्मृति प्रतिष्ठानका सदस्य कविराज न्यौपानेले जानकारी दिए । 

नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराईको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा समाजसेवी सुरेशराज शर्मा, महासंघका केन्द्रीय सदस्य अमर खड्का, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले लगायतले शुभकामना दिएका थिए ।

View : 221

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved