विराटनगर । न्याय परिषद्ले आगामी उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस गरेको छ ।
१६ मंसिरमा हुने उपनिर्वाचनका लागि न्याय परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो छ ।
जिल्ला अदालतका न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् ।
त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषद्ले सिफारिस गरेको छ ।
मोरङमा ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन गराउन गाउँपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने निर्वाचन आयोगले जनाएको छ ।
View : 116
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved