विराटनगर । मदन भण्डारी लोकमार्ग अन्तरगत उदयपुरको त्रियुगा नगरपालिका–७ होक्सेमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
आइतबार राती करीव साढे १० बजेतिर होक्सेबाट चुहाडेतर्फ गइरहेको स १ त २८२५ नम्बरको सिमेण्ट घोल्ने मिक्चर मेसिन जडित ट्याक्टर ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार दुईजनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाईते भएका त्रियुगा–६ जलजलेका ४३ वर्षीय राजा हुसेन अली र सोही वडाको मोहनपुरका २६ वर्षीया आशा सदाको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दुर्घटनामा मोहनपुरकै ४० वर्षीया समिक्षा सदा र जलजलेका ४५ वर्षीय शम्भु सदा घाइते भएका छन् । समिक्षाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । शम्भुको जिल्ला अस्पताल उदयपुरमा उपचारपछि डिस्चार्ज गरिएको जनाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पश्चात ट्याक्टर चालक त्रियुगा–६ बगरटोलका ३० वर्षीय मनोज साह भने फरार रहेको जनाइएको छ । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।
View : 160
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved