सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–१० खोर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले २९ औं अभिभावक दिवस भव्यताका साथ मनाउने जनाएको छ ।
मंगलबार विद्यालयमा पत्रकार सम्मेलन गरी प्रिन्सिपल अर्जुन बस्नेतले फागुन १६ देखि १८ गतेसम्म विभिन्न कार्यक्रम गरी अभिभावक दिवस मनाउन लागेको जानकारी दिए । अभिभावक दिवसको अवसर फारेर गरेको रक्तदान कार्यत्रममा ५६ जनाले रक्तदान गरेका छन् ।
विद्यार्थीसँग अभिभावक कार्यक्रम अन्तर्गत म्याराथुन दौड, भलिबल, फुटबल, नृत्य (मम्मी डान्स) गायन तथा चित्रकला लगायतको कार्यत्रम राखिएको विद्यालयका सहायक प्रिन्सिपल जेवी थुलुङले बताए । सिद्वार्थ स्कुलले विभिन्न प्रतियोगिताका विजेता तथा उपविजेता समूहलाई अभिभावक दिवसको अवसरमा पुरस्कार वितरण गर्दै आएको विद्यालयका प्रिन्सिपल वस्नेतले जानकारी दिए ।
स्कुलमा कम्प्युटर साइन्स, बिजनेस स्टडी, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड माउन्टेनेरिङ, कानुन विषय लगायत कक्षा १२ सम्मको पढाइ हुने गरेको छ । पूर्ण मन्टेश्वरी फद्धति अवलम्बन गरेको विद्यालयमा विविध सहशैक्षिक तथा अतिरिक्त त्रियाकलापहरू सञ्चालित हुने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष निलम ढुङ्गानाको भनाइ छ ।
View : 202
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved