सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ मा २० किलो गाँजासहित भारतीय नम्बरको एउटा कार प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ ।
हरिनगर–६ स्थित सडक किनारमा बेवारिसे अवस्थामा छाडिएको डब्ल्यूबी ०२ एएल ०१७५ नम्बरको कार जाँच गर्ने क्रममा प्रहरीले गाँजा फेला पारेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र सुनसरीको प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा कारको डिकीमा कालो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा २० किलो लागुऔषध गाँजा बरामद गरेको हो ।
प्रहरीले उक्त कारका चालकसहित ओसारपसारमा संलग्न व्याक्तिहरूको खोजी कार्य गरिरहेको जनाएको छ ।
View : 234
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved