विराटनगर, १५ मङ्सिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समाचार समिति(रासस)लाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झासँग आज बिहान भएको भेटमा उनले देशविदेशका समाचार हरपल सम्प्रेषण गर्दै आएको मुलुकको एकमात्र आधिकारिक सञ्चार माध्यम राससलाई सबल बनाउनुपर्नेमा जोड दिएका हुन् । राससले आफ्नो स्थापना कालदेखि नै देश र जनताका पक्षमा कार्य गर्दै आएकामा मुख्यमन्त्री कार्कीले त्यसको प्रशंसा गरे ।
मुख्यमन्त्री कार्कीले भने, “राससले पछिल्लो समयमा मातृभाषा समाचार सेवा विस्तार गरेको छ, राज्यले गरेका कामको प्रचारप्रसार गरेको छ, यो सराहनीय छ, यस्ता रचनात्मक गतिविधिलाई राससले निरन्तरता दिनुपर्छ ।” रासससँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको जनाउँदै उनले राससलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यकारी अध्यक्ष झाले राससका उत्पादनबारे जानकारी दिँदै प्रदेश सरकारसँग गर्नसकिने सहकार्यका सम्बन्धमा अवगत गराएका थिए । रासस
View : 60
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved