ब्रेकिङ:
विराटनगर । भर्खरै सम्पन्न भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशनमार्फत आफुलाई सभापतिमा निर्वाचित गराउने तयारी अवस्थामा रहेका महामन्त्री गगन थापासहितका नेताहरू पार्टीबाट निस्कासित भएका छन् ।
केन्द्रीय समितिको यो निर्णयले तीन दिनदेखि कांग्रेसभित्र एकता बनाएर लैजाने प्रयास असफल हुँदै पार्टी स्पष्ट रुपमा विभाजित बनेको छ ।
केन्द्रीय समितिको बैठकले महामन्त्री थापासहित अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ बर्षसम्म पार्टी सदस्य नरहने गरी अनुशासनको कारवाही गरेको जनाइएको छ ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन पक्षधरले भने केहिबेर मै नयाँ केन्द्रीय समिति चयनका लागि निर्वाचनको तयारी अघि बढाइसकेका छन् ।
सभापतिसहित सवै पदमा उम्मेदवारी परिसकेको र अब निर्वाचनको प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
View : 168
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved