Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

मोरङ कारागारमा बन्दीको मृत्यु प्रकरण : सहायक प्रजिअको नेतृत्वमा छानविन समिति गठन

उद्घोष सम्वाददाता
२७ मंसिर २०८०, बुधवार

विराटनगर । मोरङ जिल्ला कारागारमा एक जना बन्दीको शंकास्पद मृत्यु भएको घटनामा छानविन गर्न प्रशासनले छानविन समिति गठन गरेको छ ।

बुधबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार साहको नेतृत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको हो ।

जवरजस्ती करणी मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका मोरङको लेटाङ–४ घर भएका ४० वर्षीय केशरबहादुर भुजेलको गत बिहीबार उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो । भूजेलको मृत्युको घटनालाई उनका परिवारले शंकास्पद भन्दै पोष्टमार्टम नगर्ने र घटनाको छानविन हुनुपर्ने अडान लिएका थिए ।

आफन्तले छानविनको माग गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले समिति गठन गरेको छ ।

समितिमा कोशी अस्पतालका डा मनोज ठाकुर, प्रहरी निरीक्षक हेमराज ओली र लेटाङ–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य छन् ।

उक्त समितिलाई उनको मृत्यु भएको घटनाका सम्बन्धमा छानविन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

View : 325

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved