Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

विद्यालयस्तरमै उपभोक्ता अधिकार सचेतना

उद्‌घोष सम्वाददाता
२९ माघ २०८०, सोमवार

विराटनगर । उपझोक्ता अधिकारको क्षेत्रमा त्रियाशील रहेको उपभोक्ता जागरण अभियान नेपालले विद्यालयस्तरमा सचेतना अभियान सञ्चालन गरेको छ । अभियानले विगतदेखि नै विद्यालयस्तरमा उपभोक्ता जागरणका लागि सचेतना अभियान सञ्चालन गर्दै आएको हो ।

उपभोक्ता शिक्षामार्फत क्रेता र वित्रेतालाई जागरुक र जिम्मेवार बनाउने ध्येयका साथ ‘जागरुक उपझोक्ता र जिम्मेवार वित्रेता’ भन्ने नाराका साथ सचेतना अभियान सञ्चालन गरिएको उपभोक्ता जागरण अभियान–नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ ले जानकारी दिए । 

अभियान अन्तरगत भोजपुरको विद्योदय मावि र यसोधरा मावि, धनकुटाको गोकुण्डेश्वर मावि, क्रिवेणी मावि र सुनसरीको शारदा मावि र सरस्वती माविमा सचेतना कार्यत्रम संचालन गरिएको उनले बताए । कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि र शिक्षकहरुको सहभागीता रहेको जनाइएको छ ।

सहभागीहरुलाई बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तयार गरेर स्वीकृत गरेको विद्यालयस्तरीय उपभोक्ता सचेतना सम्बन्धि पाठ्यक्रमको प्रस्तुतीकरण समेत गरिएको थियो । सचेतनाका क्रममा देशभरका सवै ७५३ स्थानीय तहका ६ हजार ७४३ वटै वडामा रहेका विद्यालयहरुमा पाठ्य सामग्रीमा समावेश गर्न सरकारले पहल गर्नुपर्ने सुझाव प्राप्त भएको भण्डारीले जानकारी दिए ।

View : 155

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved