Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
वातावरण

सामुदायिक वनको अभ्यास अनुकरणीयः मुख्यमन्त्री कार्की

उद्घोष सम्वाददाता
२५ साउन २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको सामुदायिक वनको अभ्यास अन्य मुलुकका लागि पनि अनुकरणीय रहेको बताएका छन् । 

सामुदायिक वन दिवस २०८१ को अवसरमा शुक्रबार शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले सामुदायिक वन समूहहरूले वन संरक्षण र विकासमा खेलेको भूमिकाको प्रशंसा गरेका हुन् ।

कोशी प्रदेशमा ३ हजार ७११ वटा सामुदायिक वन उपभोक्ता समूह मार्फत साढे चार लाख हेक्टर राष्ट्रिय वन क्षेत्रको संरक्षण तथा व्यवस्थापन भइरहेको उनले बताए । मुख्यमन्त्री कार्कीले यसबाट करिब ६ लाख घरधुरीलाई प्रत्यक्ष फाइदा पुगेको बताएका छन् ।

नेपालमा २२ लाख हेक्टर भन्दा बढी राष्ट्रिय वन क्षेत्र २२ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहहरू मार्फत व्यवस्थापन हुँदै आएको जनाइएको छ । यसमा करिब ३० लाख घरधुरीहरूको सहभागिता रहेको मुख्यमन्त्री कार्कीले बताए ।

कोशी प्रदेश वन निर्देशनालयका अनुसार कोशी प्रदेशका १४ जिल्लाका १५ वटा डिभिजन वन कार्यालय अन्तरगत रहेका ३ हजार ६९९ वटा सामुदायिक वनमा ५ लाख ३२ हजार बढि उपभोक्ताहरू आवद्ध रहेका छन् । कोशी प्रदेशको सामुदायिक वनले मात्रै ५ लाख ८० हजार २०६ दशमलव १७ हेक्टर वन क्षेत्र संरक्षण गर्दै आएको जनाइएको छ । 

View : 148

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved