Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

एनपिएलः चौथो जितको खोजीमा आज विराटनगरले चितवनसँग खेल्दै

उद्‌घोष संवाददाता
१० मंसिर २०८२, बुधवार

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) को जारी दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको विराटनगर किंग्सले चौथो जितका लागि आज चितवन राइनोजसँग खेल्दैछ । बुधबार अपराह्न ४ बजे त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा खेल हुँदैछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले यसअघि नै लगातार तीन खेल जितिसकेको छ । अंंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले कुशल मल्ल नेतृत्वको चितवन राइनोजसँग प्रतिष्पर्धा गर्न लागेको हो । 

अविजित रहेको विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई प्रतियोगिताको हालसम्मकै सवैभन्दा धेरै २२० रन बनाएर ५३ रनले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा काठमाडौं गाेर्खाजलाई ५ विकेट र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्ससँगको सनसनीपूर्ण खेलमा ९ रनले पराजित गरेको थियो ।

चितवनले भने हालसम्म खेलेका दुई खेल मध्येको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध ४ विकेटले जितेको छ ।

दोस्रो खेलमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो ।

View : 198

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved