Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

हिमताल फुटेर थामे बस्ती बगाएको निष्कर्ष (फोटोहरू हेर्नुहोस्)

उद्‌घोष संवाददाता
१ भदौ २०८१, शनिवार

Advertisement

विराटनगर । खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे बस्ती बगाउने गरी शुक्रबार आएको बाढी सोही क्षेत्रको हिमाली भेगमा रहेको एउटा हिमताल फुटेर आएको खुलेको छ । 

शनिबार रक्षामन्त्री मानवीर राईसहित विज्ञ टोलीले बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेपछि हिमताल फुटेको तथ्य सार्वजनिक भएको हो ।

थामेभन्दा उत्तरी क्षेत्रमा रहेका चारवटा हिमताल मध्ये एउटा हिमताल फुटेर थामे खोलामा लेदो सहितको बाढी आएको देखिएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट हिमताल रहेका क्षेत्रको अवलोकन गर्दा एउटा हिमताल फुटेको पाइएको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ ।

View : 4002

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved