Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

साउन यता मरे १७ गैंडा

उद्‌घोष संवाददाता
९ चैत २०८२, सोमवार

चितवन । चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् ।

यस आर्थिक वर्षमा गैंडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस आर्थिक वर्षमा बाघ ४ वटा, हात्ती ३ वटा र १८ वटा चित्तल मरेका छन् ।

चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही २/२ वटा, अजिङ्गर, सुन गोहोरो १/१ वटा र अन्य वन्यजन्तु ४ वटा मरेका छन् ।

ती वन्यजन्तु प्राकृतिक कारणले मरेका हुन् । ती वन्यजन्तुहरू दलदलमा फसेर, जुधेर, दुर्घटनामा परेर, बाघको आक्रमणमा परेरलगायत कारण मरेका हुन् ।

यस आर्थिक वर्षमा सचेतनासँगै सामाजिक रूपमा जागेको भावनाका कारण चोरी शिकारीको निशानाबाट वन्यजन्तु जोगाउन सकीएको उनले बताए ।

समुदाय स्तरमा संरक्षणको चेतना बढेसँगै वन्यजन्तुको चोरी शिकारी न्यूनीकरणमा सहयोग पुगेको उनले बताए ।

गत आर्थिक वर्षमा ८१ वटा वन्यजन्तु मरेका थिए ।

View : 141

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved