Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मोरङ क्याम्पसमा अनुसन्धान विधि कार्यशाला

उद्‌घोष संवाददाता
१६ जेठ २०८२, शुक्रवार

विराटनगर।  मोरङ आदर्श बहुमुखी क्याम्पसको रिसर्च म्यानेजमेन्ट सेल (आरएमसी) द्वारा आयोजित तीनदिने अनुसन्धान लेखन विधि सम्बन्धी कार्यशाला गोष्ठी गरेको छ । बुधबारबाट सुरु भएको सो कार्यशालामा २३ जना सहभागी छन् ।
कार्यशालाको पहिलो दिन क्याम्पस प्रमुख डा रामावतार शरणले अनुसन्धान लेखनका लागि शीर्षक छनोटका महत्वपूर्ण पक्षबारे प्रस्तुति दिए । आरएमसीका अध्यक्ष प्राडा. देवेन्द्र अधिकारीले अनुसन्धानलाई वैज्ञानिक, औपचारिक र व्यवस्थित प्रक्रियाका रूपमा चित्रण गर्दै यसका मुख्य विशेषताहरू र प्रकारबारे जानकारी दिनुए । उनले अनुसन्धान समस्याको पहिचान, उद्देश्य निर्धारण र साहित्य समीक्षा जस्ता महत्वपूर्ण चरणहरू पनि प्रस्तुत गरे ।

बिहीबार डा. शशित यादवले अनुसन्धानमा सन्दर्भ र साइटेसनको महत्वबारे जोड दिए ।  उनले बौद्धिक इमान्दारी कायम राख्न र साहित्यिक चोरीबाट बच्न साइटेसन किन अपरिहार्य छ भन्नेबारे व्याख्या गर े।  प्राडा. देवेन्द्र अधिकारीले प्रतिलिपि अधिकार र साहित्यिक चोरी ‘प्लेगारिज्म बारे विस्तृत जानकारी दिंदै यसका कानुनी पक्ष र परिणामहरूबारे प्रकाश पारे ।

समग्रमा, कार्यशालाले अनुसन्धानार्थीहरूलाई अनुसन्धानका आधारभूत सिद्धान्त, विधि र नैतिक पक्षहरूका बारेमा गहन ज्ञान प्रदान गरेको आरएमसीले जनाएको छ ।

कार्यशालामा डा सुशील अधिकारी, उमेशप्रसाद यादव, डा अच्युतराज कट्टेल, डा चन्द्र तिम्सिना, विनोद पोखरेल, दीपक बराल, डा रमेशकुमार गोहिवार, उपेन्द्र मेहता, सत्येन्द्र मिश्रा, अर्जुन ढुंगाना, दीपक रोहित यादव, बद्री बानिया, चन्द्रा राई, श्रीमती दुर्गा भण्डारी छन् । यसैगरी अनिल अधिकारी, डा जनकनाथ सापकोटा, डा शिवचन्द्र चौधरी, वेदप्रसाद संग्रौला, जयकुमार मेहता, राजन बराल, उद्गम मिश्र, राजकुमार यादव, अर्जुन तामाङ र रविन गुरागाईं छन् ।

View : 704

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved