Biratnagar, Morang, Nepal
१९ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

मुन्दडा ग्रुपको घरमा खानतलासी, हातलागी शुन्य

उद्‌घोष संवाददाता
१८ साउन २०८३, सोमवार

Advertisement

विराटनगर । देवेनरा मुन्दडा ग्रुपको निवासमा सोमबार विहानभर प्रहरीले खानतलासी गरेपनि खोजेको कुरा नभेटिएपछि प्रहरी रित्तो हात फर्किएको छ । विहान ५ बजेदेखि लगातार करीव पाँच घण्टा घरमा खानतलासी गरिएको थियो ।

‘विराटनगर–७ गोश्वारा रोडस्थित बेनी गोपाल मुन्दडाको घरमा गैरकानुनी चिजवस्तुहरू लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएर खानतलासी गर्दा सूचना बमोजिमको गैर कानुनी सामानहरू फेला नपरेको’ मोरङ प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान भने जारी रहेको उल्लेख गरेको छ ।

प्रहरीले सोमबार विहानभर गरेको खानतलासीका क्रममा गोश्वारा रोडमा सवारी आवागमन समेत बन्द गराएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट ठूलो संख्यामा सडकमा प्रहरी खटिएका थिए ।

प्रहरीले मुन्दडा ग्रुपले घरभित्र अवैध रूपमा नगद राखेको आशंकाका आधारमा प्रहरीले खानतलासी गरेको जनाइएको छ ।

‘दराज पनि खोलेर हेर्नुभयो, कागजपत्र केही लानु भएको छैन’ बेनीगोपाल मुन्दडाले भने । त्यस्तै उनका भतिज प्रकाश मुन्दडाले प्रहरीले आफ्नो सूचना अनुसार अनुसन्धान गरेको बताए । 

‘केही भेटिएन, वहाँहरुले आफ्नो जिम्माको काम गर्नुभएको हो, केही छैन’ प्रकाश मुन्दडाले भने ।

View : 102

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved