Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

श्रावणी मेला सम्पन्न

उद्‌घोष सम्वाददाता
६ साउन २०८१, आइतवार

विराटनगर । यहाँस्थित अतिथि सदनमा दुईदिने श्रावणी मेला शनिबार सम्पन्न भएको छ । माहेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा शुक्रबारदेखि सुरु भएको श्रावणी मेला सम्पन्न भएको हो ।

मेलाको शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका थिए । मेला उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले विराटनगर आर्थिक र व्यावसायिक क्षेत्रमा महत्वपूर्ण थलो भए पनि अपेक्षाअनुसारको समृद्धि हासिल गर्न नसकेको बताए ।

कार्कीले विराटनगरका मारवाडी समुदायका महिला स्वास्थ्य, समाजसेवा, शिक्षा र व्यवसायका क्षेत्रमा अगाडि रहेको उल्लेख गर्दै महिलाले सम्पन्न गरेको कार्य भरपर्दो र विश्वसनीय हुने धारणा राखे ।

मञ्चकी अध्यक्ष ललिता जाजूले मञ्चले महिलालाई आत्मनिर्भर बनाउन र हरेक कार्यमा हौसला प्रदान गर्न निरन्तर कार्यक्रम गर्दै आएको स्पष्ट पारिन् । मेलाकी संयोजिका ललिता राठीले मेलामा खानेकुरा, लुगाकपडा, मरमसला, गरगहना, सजावट र शृंगारप्रसाधनका ३२ वटा स्टल भएको जानकारी दिइन् ।

मेलाको दुई दिनमा ४ हजार जनाले अवलोकन गर्ने मञ्चले जनाएको छ । कार्यक्रममा माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबराले माहेश्वरी महिला मञ्चले आफ्नो स्थापनाकालदेखि नै मानवताको सेवामा आफूलाई समर्पण गरेको चर्चा गरे ।

View : 119

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved