सुनसरी । ट्राफिक ब्यवस्थापनको सहजताका लागि इटहरीमा रहेको अटो सिटी बजाज सोरुमका सञ्चालक प्रदीपकुमार सन्थलियाले ट्राफिक प्रहरीलाई चार थान विद्युतीय टेम्पो प्रदान गरेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी परिसरमा आयोजित एक कार्यक्रममा ब्यवसायी एवं समाजसेवी सन्थलियाले कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई विद्युतीय टेम्पो प्रदान गरेका हुन् । सोही कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले ती विद्युतीय टेम्पो ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई हस्तान्तरण गरे ।
कार्यक्रममा खापुङले सन्थालियालाई धन्यवाद दिदै उक्त विद्युतीय सवारी साधनले ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन कार्यमा सहजता पुग्नुका साथै सवारी साधनको प्रयोग गरी सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने बताए ।
समाजसेवी सन्थलियाले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको काम कारवाहीमा सहजता तथा सवारी दुर्घटनामा कसैले पनि ज्यान गुमाउनु नपरोस् भनी प्रभावकारी ट्राफिक व्यवस्थापनको लागि बिद्युतीय टेम्पो आफूले प्रदान गरेको बताए ।
View : 665
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved