Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

सामसङको नयाँ ग्यालेक्सी जेड फोल्ड सार्वजनिक

उद्‌घोष संवाददाता
१० कार्तिक २०८२, सोमवार

काठमाडौं । सामसङ नेपालले आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ७ सार्वजनिक गर्दै प्रविधि र उद्यमशीलताको सीमालाई पुनः परिभाषित गरेको छ । 

नवप्रवर्तन र उद्यमशीलताको उत्सवका विशेष क्षणमा आयोजित कार्यक्रममा सामसङले शार्क ट्यांक नेपालका प्रतिष्ठित शार्कहरूलाई नया“ पुस्ताको यो अत्याधुनिक फोल्डेबल स्मार्टफोन प्रस्तुत गर्दै नवप्रवर्तन र व्यवसायिक दूरदृष्टिको एक अद्वितीय मेल देखाएको छ ।

यस कार्यक्रममा सामसङ नेपाल, हिमालय टेलिभिजन र शार्क ट्यांक नेपाल बीचको सहकार्यलाई विशेष रूपमा चिन्हित गरिएको थियो । 

प्रविधि, मिडिया र उद्यमशीलताको संयोजनमार्फत यस सहकार्यले नयाँ पुस्ताका सिर्जनाकर्ता र उद्यमीहरूलाई आफ्ना विचारहरूलाई वास्तविकतामा रूपान्तरण गर्न प्रेरणा प्रदान गर्ने उद्देश्य लिएको छ ।

कार्यक्रमका क्रममा शार्कहरूले सामसङको नयाँ फोल्डेबल फोनमा समावेश क्रान्तिकारी डिजाइन, उच्च प्रदर्शन र कृत्रिम बुद्धिमत्ताबाट समर्थित (एआई–सञ्चालित) सुविधाहरूको प्रत्यक्ष अनुभव गरे । 

यी विशेषताहरूले ग्यालेक्सी जेड फोल्डलाइ ७ लाई केवल एउटा स्मार्टफोन होइन, सिर्जनशीलता र उत्पादकताको नयाँ केन्द्रका रूपमा स्थापित गरेको छ ।

कार्यक्रममा बोल्दै एमएक्स सामसङ नेपालका निर्देशक श्री प्रणय रत्न स्थापितले भने, ‘सामसङ सधैं मानिसहरूलाई सीमाभन्दा पर सोच्न र नयाँ सम्भावनाहरू खोज्न सशक्त बनाउने विश्वासमा रहँदै आएको छ । यो सोच शार्क ट्यांक नेपालको आत्मासँग गहिरो रूपमा मेल खान्छ ।’

ग्यालेक्सी जेड फोल्ड ७ ले फराकिलो डिस्प्ले, शक्तिशाली मल्टिटास्किङ क्षमता र एआई–सहयोगिता फिचरमार्फत प्रयोगकर्तालाई उत्पादकता र नवप्रवर्तनको नयाँ स्तरमा पु¥याउनले दाबी गरिएको छ ।

View : 157

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved