विराटनगर । विराटनगरमा आयोजित प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधि विराटनगर ११ नम्बर वडाले जितेको छ ।
विराटनगर जुटमिलको खेल मैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा विराटनगर १२ नम्बर वडालाई ६–३ गोलले हराउँदै विराटनगर–११ ले उपाधि जितेको हो । जितको लागि विराटनगर–११ का सागर तिवारीले दुई गोल, मनोज मारिक, ज्योति मरिक, भुवन बस्नेत र बिवेक राईले १–१ गोल गरे ।
विराटनगर–१२ को तर्फबाट रोशन राई ,अनुरोध चौधरी र बिमल राजवंशीले १–१ गोल फर्काए । खेलको म्यान अफ द सिरिज विराटनगर–१२ का ज्ञानेन्द्र मगर र हाइस्कोर विराटनगर–११ का सागर तिवारी घोषित भए ।
उपाधिसँगै विराटनगर–११ ले ३१ हजार रुपैयाँ हात पार्यो । उपबिजेता विराटनगर–१२ ले २१ हजार रुपैयाँ पाएको छ ।
बिजेता खेलाडीहरूलाई विराटनगर–१५ का वडाध्यक्ष प्रकाश साह, विराटनगर–१६ का वडाध्यक्ष उद्वब भुजेल, विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोर शाहीले पुरस्कार वितरण गरेका थिए ।
विराटनगर १५ नम्बर वडा समितिको आयोजना र मिल्स भेट्रान रानी विराटनगरको संयोजनमा भएको उक्त प्रतियोगितामा विराटनगरका आठ टिमको सहभागिता रहेको थियो ।
View : 210
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved