Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

सुन्दरहरैंचामा नगर अस्पतालको प्रशासनिक भवन शिलान्यास

उद्‌घोष संवाददाता
१३ असार २०८२, शुक्रवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका १ स्थित  नगर अस्पतालको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।

नगर अस्पतालको प्रशासनिक भवनको शिलान्यास नगरप्रमुख केदारप्रसाद गुरागाईँ तथा उपप्रमुख अकली चौधरीले संयुक्त रूपमा गरेका थिए । 

नगरप्रमुख गुरागाईले भवन निर्माणपछि सेवा प्रवाह प्रभावकारी हुने बताउँदै आगामी आर्थिक वर्षदेखि अस्पताल २४ घण्टा सञ्चालन हुने जानकारी दिए । 

उपप्रमुख चौधरीले व्यवस्थित सेवा प्रवाहका लागि भवन निर्माण आवश्यक भएको बताउँदै सबैको सहकार्यमा गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाइन् । 

नगरपालिकाको वार्षिक योजना अनुसार बन्ने भवनमा प्रशासनिक शाखा, अभिलेख कक्ष, परामर्श सेवा तथा  आधुनिक पूर्वाधार रहने उल्लेख गरिएको छ ।

View : 414

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved