Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

११६ औं नारी दिवसमा रक्तदान

उद्‌घोष संवाददाता
२५ फागुन २०८२, सोमवार

विराटनगर । ११६ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विराटनगरमा शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । 

विराटनगर–३ स्थित परोपकार अभियान समूहको भवनमा आयोजित उक्त कार्यक्रम पतञ्जली योगका चारै तहको संयुक्त आयोजनामा सम्पन्न भएको हो  ।

पतञ्जली योग कोशी प्रदेश सह–प्रभारी गोविन्द खड्काको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा महिला पतञ्जली योग समिति मोरङकी अध्यक्ष सूची चौधरी, महानगर अध्यक्षद्वय माधव अधिकारी र कुमारी तामाङ तथा उपाध्यक्ष दामोदर पोखरेलको उपस्थिति रहेको थियो । 

त्यसैगरी पं. घनश्याम–चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानका सदस्य यतिराज पोखरेल लगायत पतञ्जलीका चारै तहका विभिन्न पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागी वक्ताहरूले विश्वभरका सम्पूर्ण नारीहरूलाई शुभकामना व्यक्त गर्दै समाजमा नारीको भूमिका र स्वास्थ्यका लागि योगको महत्वबारे चर्चा गरेका थिए ।

View : 44

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved