Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

सडक सौन्दर्यकरणका लागि एसवीआई बैंकको सहयोग

उद्घोष सम्वाददाता
१६ असोज २०८१, बुधवार

विराटनगर, १६ असोज ।  विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

सो परियोजनाका लागि एसवीआई बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले बुधबार महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

बैंकका प्रदेश प्रमुख रविन घिमिरे, प्रदेश उपप्रमुख अमित कोइराला र विराटनगर शाखा प्रमुख सुदीपकुमार अर्यालले मेयर कोइरालालाई चेक हस्तान्तरण गरेका हुन ।

हालसम्म २० लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ । 

यसअघि ११ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट १८ लाख ५० रुपैयाँ जम्मा भइसकेको थियो ।

सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ ।

यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए । 

५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेका छन् ।

एउटा डिभाइडरमा भने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सौन्दर्यकरण गरिसकेको छ ।

परियोजनालाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा महानगरले गठन गरेको समितिले हाल सौन्दर्यकरण अभियानलाई तीव्रता दिइएको छ ।

हाल महेन्द्रचोकदेखि रोडशेषसम्मको डिभाइडरमा तारजाली लगाउने कार्य धमाधम भइरहेको छ । 
 

View : 195

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved