Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

रंगेलीमा किशोरी मेलाको तयारी

उद्‌घोष संवाददाता
२ मंसिर २०८२, मङ्गलवार

रंगेली । रंगेली नगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयमा माध्यमिक तह अध्ययनरत छात्राहरूको सहभागितामा किशोरी मेला हुने भएको छ । 

जनता क्याम्पस रंगेलीको खेलमैदानमा मंसिर १४ किशोरी मेला हुने जनाएको जनाइएको छ ।

बालविवाह र बाल श्रमिक न्यूनीकरण, चेलीबेटी बेचविखन, किशोरी स्वास्थ्य समस्या र समाधानका उपाय लगायतका विषयमा परामर्श दिने उद्देश्यले मेला आयोजना गरिएको रंगेली नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख राधिका गौतमले जानकारी दिइन् ।

सोमबार रंगेली–१ स्थित त्रिभुवन मावि गोहीगाढाका कक्षा ८ देखि १० सम्म अध्ययनरत ५० जना बढी छात्राहरूलाई किशोरी स्वास्थ्य अवस्था र किशोरी मेलाबारे जानकारी गराइएको छ । रंगेली नगरपालिका मनोविमर्शकर्ताद्वय दमयन्ती राजवंशी र सविता दाहालले छात्राहरूलाई सहजीकरण गरेका हुन् । 

रंगेली नगरपालिकाकी अपाङ्गता सहजकर्ता सुजना पोखरेलले बालिका तथा किशोरी अवस्थामा असल बाटो देखाउनको लागि रंगेली नगरपालिकाले पहिलो पटक किशोरी मेला आयोजना गरेको जानकारी दिइन् । 

सोही अवसरमा त्रिभुवन मावि गोहीगाडाकी कक्षा १० मा अध्ययनरत छात्रा एलिसा थारूको अध्यक्षतामा १५ सदस्य विद्यालय किशोरी समूह गठन गरिएको छ । उपाध्यक्षमा पवित्रा प्रधान, सचिवमा समीक्षा खवास चयन भएका छन् । 

सदस्यहरूमा अञ्जली सापकोटा, युनिका खड्का, मन्दिरा मगर, सुष्मा टुडू, ऋतु खड्का, चाँदनी राई, सुप्रिना धिमाल, सृष्टि चौधरी, रेश्मा राउत, सञ्जु चौधरी, स्मारिका खवास र पूजा यादव चयन भएको जनाइएको छ ।

View : 238

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved