विराटनगर । कोशी प्रदेशको इलाम, धनकुटा र मोरङ जिल्लाका तीन छुट्टाछुट्टै स्थानबाट सोमवार प्रतिबन्धित लागुऔषध खैरोहेरोइन र औषधिसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषधको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले सोमवार फिदिम नगरपालिका–५ का ६२ वर्षीय यामबहादुर तुम्बापोलाई सुर्योदय नगरपालिका–२ बाट १०० ग्राम लागुऔषध खैरोहेरोइन सहित पक्राउ गरेको हो ।
यसैगरी धनकुटाको प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले सोमवार नै धनकुटा नगरपालिका–१ बाट धरान–१४ का २५ बर्षीय सुजन थापा र धरान–६ का २८ बर्षीय प्रज्वल थापालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको हो ।
यस्तै लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर–१३ बाट भारत कोशीकापुरका २६ वर्षीय सहजात अलि र धर्मदेवी नगरपालिका–१ संखुवासभाकी २० बर्षीया रबिता अधिकारीलाई ९ ग्राम ९ मिलिग्राम लागूऔषध खैरोहेरोइनसहित सोमबार साझ पक्राउ गरेको हो ।
View : 196
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved