काठमाडौं । लगातारको बढोत्तरीलाई कायम राख्दै सेयर बजार सूचक साताको अन्तिम कारोबार दिन पनि वृद्धि भएको छ ।
बिहीबार नेप्से ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा रहँदा ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।
१३ मध्ये ८ समूहका सूचक बढ्दा बजारले बढोत्तरीको लय कायम राखेको हो। होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त र व्यापार समूह घटेको छ । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूह बढेका छन् ।
बजारमा लगानीकर्ता फाइनान्स र बीमा समूहमा आकर्षित भएका छन् । फाइनान्स ४.०९, जीवन बीमा २.६२ र निर्जीवन बीमा २.२४ प्रतिशतले बढेका छन् ।
१२५ कम्पनीको सेयरमूल्य घट्दा सप्तकोशी विकास बैंकका लगानीकर्ता सर्वाधिक नोक्सानमा रहे । उक्त बैंकको सेयरमूल्य घटेर नकारात्मक सर्किट लागेको छ। यस्तै गुराँस लघुवित्त ९.९५ प्रतिशतले घटेको छ ।
१२२ कम्पनीको सेयरमूल्य बढेको छ। नेपाल फाइनान्सको सेयर ९.९८ प्रतिशतले बढेको छ ।
यस्तै खानीखोला हाइड्रोपावरको ७.१७ र समृद्धि फाइनान्सको ७.०८ प्रतिशतले बढेको छ । बुटवल पावर कम्पनीको सर्वाधिक ३१ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै साहस ऊर्जाको २७ करोड २८ लाख, सप्तकोशी विकास बैंकको २६ करोड २८ लाख, राधी विद्युतको २३ करोड ११ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेप्से ३४.४२ अंकले बढेर २६९४.८२ मा रहँदा कारोबार रकम ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ थियो ।
View : 296
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved