विराटनगर । विराटनगरको पुरानो औद्योगिक घरानाका उद्योगी व्यवसायी सुरेन्द्र गोल्छालाई मातृशोक परेको छ ।
उनकी माता पुखराजदेवी गोल्छाको ८२ वर्षको उमेरमा गत मंगलबार काठमाडौंमा निधन भएको हो ।
उनको पार्थिव शरीरको पशुपतिस्थित आर्यघाटमा बुधबार अन्तिम दाहसंस्कार गरिएको छ ।
गोल्छाको मंगलबार राति काठमाडौंको सीतापाइलास्थित निवासमा निधन भएको हो ।
उनी नेपालका प्रतिष्ठित उद्योगपति स्व. रामलाल गोल्छाकी बुहारी एवं स्व. हुलासचन्द गोल्छाकी धर्मपत्नी हुन् । उनका चार छोरा चन्द्रकुमार, सुरेन्द्रकुमार, शेखर र सञ्जय हुन् ।
शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष हुन् ।
View : 180
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved