विराटनगर । म्याजिक फुटवेयरको आफ्नो नारा नै छ ‘नेक्स्ट जेनेरेशन फुटवेयर’ । यसको सही अर्थलाई म्याजिक फुटवेयरले आफ्ना आकर्षक डिजाइन र मोडलहरूमार्फत उपभोक्तामाझ ल्याउँदै आएको छ ।
२५ वर्षअघि स्थापित म्याजिक फुटवेयर विराटनगरमा जारी ‘मोरङ व्यापार संघ एक्स्पो–२०२३’ मा सिल्भर स्पोन्सर समेत रहेको छ ।
म्याजिक फुटवेयरले तराइदेखि पहाडको वातावरण अनुकूल हुने उत्कृष्ट डिजाइनमा बलियो जुत्ताचप्पल उत्पादन गर्दै आएको छ ।
म्याजिकका मार्केटिङ अफिसर नत्र खडकाका अनुसार आफ्नै ल्याबमा परीक्षण गरिएका एक नम्बर कच्चा पदार्थहरूको प्रयोगबाट पीभीसी, इभा र पीयु सोल भएका जुत्ताचप्पल उत्पादन गर्दै आइरहेको छ । नयाँ पुस्ताका लागि आकर्षण डिजाइनका जुत्ताचप्पल उत्पादन पश्चात देशैभरी बिक्री वितरण गर्दै आइरहेको छ ।
एमबीएस एक्स्पोमार्फत आफ्नो ब्राण्डको प्रवर्द्धन गर्दै बजारमा भन्दा सहुलियत दरमा उत्पादनहरू बिक्री वितरण गर्दै आएको जनाएको छ । म्याजिक फुटवेयरले हाल २०० बढी मोडलका चप्पल तथा १५० बढी मोडलका जुत्ताहरू उत्पादन गर्दै आएको छ ।
एक्स्पोमा एक सय बढी मोडलका जुत्ता चप्पल प्रदर्शन बिक्री वितरण भइरहेको जनाइएको छ । म्याजिक फुटवेयरले नेपालसहित भारतीय बजारमा समेत आफ्ना उत्कृष्ट मोडलका जुत्ता चप्फल बिक्री वितरण गर्दै आएको मार्केटिङ म्यानेजर खड्काले बताए । बुढीगंगास्थित टंकीसिनवारी र विराटनगरको इत्राहीमा उद्योग स्थापना गरी जुत्ताचप्पल उत्पादन गरिरहेको जनाइएको छ । म्याजिकले जुत्तामा प्रयोग गरिने जालीहरू बुन्ने र प्रयोग गर्दै आएको छ ।
View : 214
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved