विराटनगर । विराटनगर–११ स्थित जनफथ माध्यमिक विद्यालयमा किशोरी सशक्तिकरण कार्यत्रम सम्पन्न भएको छ ।
‘हामी सबैको आवाज, बालबिवाह मुक्त समाज’ भन्ने नाराका साथ बालबिवाह अन्त्यका लागि विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले सचेतना र्याली गरेका हुन् ।
उक्त र्यालीमा विद्यालयका करीव चार सय विद्यार्थीसहित शिक्षक–शिक्षिकाहरु, स्थानीय तहका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति लगायतको सहभागीता रहेको जनाइएको छ ।
बालबिवाहलाई निरुत्साहित गर्न सन्देश प्रवाह हुर्ने व्यानर र प्ले–कार्डसहित विद्यालयबाट शुरु र्यालीले पिचरा चोक हुँदै विराटनगर–१२ को पञ्चमुखी चोक, कामत चोक, मंगलबारे हटिया, शुक्रबारे हटिया हुादै महेन्द्र मोरङ क्याम्पस, पाञ्चाली, नयाँ गुद्रीको परिक्रमा गरेको जनाइएको छ ।
View : 361
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved