Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

केदार कार्की बसे आमरण अनशनमा (फोटो)

उद्‌घोष सम्वाददाता
२५ भदौ २०८१, मङ्गलवार

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की आमरण अनशनमा बसेका छन् । उनी जिल्ला प्रशासन कार्यालय मोरङले घोषणा गरेको देवकोटा चोकपूर्व कोशी प्रदेश सभा भवन नजिकै निषेधित क्षेत्रमा अनशनमा बसेका हुन् । प्रदेश सभा र अनशन स्थल सय मिटर नजिक छन् । 

कार्कीले आफू नेतृत्वको सरकारले ल्याएका कार्यक्रमहरू कटौती गरिदिएको भन्दै काङ्ग्रेसले समेत समर्थन गरेको हिक्मत कुमार कार्की नेतृत्वको वर्तमान प्रदेश सरकारविरुद्ध अनशन सुरु गरेका हुन् ।

अनशनस्थलमा कार्कीका समर्थकहरूले मुख्यमन्त्री हिक्मत कार्कीविरूद्ध चर्को नाराबाजी समेत गरेका छन् । निषेधित क्षेत्रमा धर्ना, सभा, जुलुस लगायतका कार्य नगर्न मंगलबार नै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले निषेधाज्ञा घोषणा गरेका थिए ।

तर कार्की विराटनगर–७ बनस्खण्डी महादेव मन्दिरको गेटमा अनशनमा बसेका हुन् । कार्कीले विभिन्न ९ वटा मागसहित आमरण अनशनमा बसेको घोषणा गरेका छन् ।

कार्कीले सुरु गरेको अनशनलाई डा. शेखर कोइराला समुहका नेता कार्यकर्ताहरूले समर्थन गरेका छन् । अनशनमा विराटनगर महानगरपालिकाका मेयर एवं काङ्ग्रेस मोरङका उपसभापति नागेश कोइराला लगायत सहभागी छन् ।

उनको अनशनमा शेखर समुहकै प्रदेश सभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राई, कांग्रेस महानगर समितिका सभापति दिपक चापागाँई, व्यक्ति हत्यामा जेल सजाय भोगेर निस्किएका ‘डन’ अभिषेक गिरी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य ओसिम आलम लगायत सहभागी छन् ।

View : 157

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved