विराटनगर । जेष्ठ नागरिक योग ध्यान केन्द्र, विराटनगर–११ को भवन निर्माणका लागि सहयोग पुर्याउने नेउपाने दम्पतीलाई सम्मान गरिएको छ ।
पछिल्लो समय अमेरिकामा बसोवास गर्दै आएका विराटनगर–११ का खिलेन्द्रमणि नेउपाने र शान्ति क्षेत्रीलाई केन्द्रका प्रमुख सल्लाहकार एवं विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । नेउपाने दम्पतीले भवन निर्माणका लागि दुई लाख बाइस हजार रुपैयाँ सहयोग गरेका थिए ।
साथै विराटनगर–११ का नगेन्द्रमणि–विन्ध्या नेउपानेले आफ्ना मातापिता इन्द्र–गगनकान्त जेष्ठ नागरिक सम्मान पुरस्कार पनि स्थापना गरेका छन् ।
जेष्ठ नागरिक भएर पनि समाजमा सक्रिय योगदान पुर्याउने दुई जनालाई हरेक बर्ष १०–१० हजारका दरले नगद रकम दिनेगरी बुधबार जेष्ठ नागरिक योग ध्यान केन्द्रका सचिव इन्द्रप्रसाद खतिवडा तथा कोषाध्यक्ष भरत कार्कीसँग सम्झौता गरेका हुन् ।
जेष्ठ नागरिक भवन निर्माण गर्न नागरिकहरुको तर्फबाट एक करोड भन्दा बढी रकम उठ्नुले आफूलाई काम गर्न थप उर्जा मिलेको वडाध्यक्ष नेउपानेले बताए । माख्लो तला निर्माणको लागि पनि करिब २३ लाख रुपियाँ जम्मा भइसकेकोले छिटैनै तला निर्माण गरी एउटा नमुना पुस्तकालय सञ्चालन गर्ने अध्यक्ष नेउपानेले बताए ।
सम्मान कार्यक्रममा जग्गादाता चिरञ्जीवी दाहाल, सामाजिक अभियन्ता एवं सहकारीकर्मी ओम सुवेदी लगायतको उपस्थिति थियो ।
View : 711
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved