विराटनगर । सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्टवाच, ग्यालेक्सी वाच ८ सिरिज सार्वजनिक गरेको छ । यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको छ ।
दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको छ ।
ग्यालेक्सी वाच ८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेनसरसहित जडित छ । यसले सुत्ने समयको सल्लाह दिने सुविधा ल्याएको छ, जसले तपाईंको सर्केदीयन् रिदमको विश्लेषण गरेर कहिले सुत्दा तपाईं बिहान ताजगीको साथ उठ्न सक्नुहुन्छ भनेर सुझाव दिन्छ ।
यसमा रहेको रनिंग कोचले दौडने अभ्यासमा वास्तविक समयमा सुझाव दिई प्रदर्शन सुधार गर्न सहयोग गर्छ । साथै, करोडेनोइड लेभल छिटो जाँच्न सकिने भएकाले स्वस्थ जीवनशैली र उमेरसँग सम्बन्धित निर्णयहरू सजिलै लिन सकिने जनाइएको छ ।
अब जेमिनी एआईको सहायताले वाचलाई भोइस कमान्ड दिएर नियन्त्रण गर्न सकिने जनाइएको छ ।
सामसङ हेल्थ जस्ता एपहरूबाट अपडेट पाउने, मेसेज पठाउने वा व्यायाम सुरु गर्ने जस्ता सबै काम स्वाभाविक आवाज आदेशमार्फत, हात नचलाइ नै गर्न सकिन्छ ।
ग्यालेक्सी वाच ८ ले अबको स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्यकेन्द्रित बनाएको दाबी गरेको छ ।
ग्यालेक्सी वाच ८ सिरिज आफ्नो सुलभ र आकर्षक डिजाइनमार्फत आफ्नो उत्कृष्ट पहिचान बनाउँछ ।
पहिलेभन्दा झनै पातलो, हलुका र हातमा सहज लाग्ने बनावटले यसलाई लामो समयसम्म लगाउन उपयुक्त बनाएको छ ।
यसमा प्रयोग गरिएको मेटलको फ्रेम र स्किनलाई नझ्याप्ने ब्यान्डले आरामदायक अनुभव दिन्छ । यो वाचको मिनिमलिस्ट शैली व्यायामदेखि अफिस मिटिङसम्मका सबै पहिरनमा सुहाउँछ । यो स्टाइलिस मात्रै होइन, हातमा लगाउँदा झर्को पनि लाग्दैन, एकदमै सहज लाग्छ ।
View : 312
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved