Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

न्यून गुणस्तरका खाद्यपदार्थ उत्पादन र विक्री गर्ने १३ उद्योगविरुद्ध मुद्दा

उद्घोष सम्वाददाता
१६ माघ २०८०, मङ्गलवार

विराटनगर । न्यून गुणस्तरको खाद्यपदार्थ उत्पादन र विक्री वितरण गरेको भन्दै विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १३ वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

सोमबार विराटनगरमा आयोजित दोस्रो त्रैमासिक समीक्षा गोष्ठीमा विराटनगर दुग्धवितरण आयोजनासहित १३ वटा निजी उद्योगविरुद्ध मुद्दा दायर गरेको जानकारी दिइएको हो ।

सो कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख विजय खनालले खाद्य पदार्थमा हुने परम्परागत मिसावट भन्दा आधुनिक र प्रविधियुक्त मिसावट बढी जोखिमपूर्ण हुने भएकाले यसलाई रोक्न सरोकारवाला तथा सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

सो कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले अन्तर्राट्रिय स्तरको प्रयोगशालाको मान्यता पाएकाले उद्योगी व्यवसायीहरुले विराटनगरबाट निर्यात गर्ने वस्तुको प्रमाणपत्र लिन सकिने जानकारी गराइएको थियो । 

View : 235

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved