विराटनगर : विराटनगरमा अमाही मार्टले जापानिज प्रविधिको दुईपांग्रे सवारी साधन उत्पादक कम्फनी सुजुकीको मोटरसाइकल र स्कुटरको बिक्री वितरण सुरू गरेको छ । सुजुकी टु ह्वीलर्सको आधिकारिक बित्रेता भिजी अटोमोबाइल्समार्फत अमाही मार्टले आइतबारदेखि विराटनगरको मुनालपथमा शो–रूम सञ्चालनमा ल्याएको हो ।
शोरूमको उद्घाटन मोरङको क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले गरे । उनले अमाही मार्टमार्फत नयाँ व्यवसायको प्रवर्द्धन गरिएको बताए । ऊनले विश्वविख्यात ब्राण्डका मोटरसाइकल र स्कुटर बिक्री वितरणको जिम्मेवारी सम्हाल्नुका साथै बित्रीपछिको सर्भिससमेत सर्वसुलभ गर्न आग्रह गरे ।
भिजी अटोमोबाइल्सका महाप्रबन्धक धीरज भट्टराईले मोटरसाइकल र स्कुटरहरूको सर्भिसलाई कम्पनीले विशेष ध्यान दिएर काम गर्ने बताए । सुजुकीको स्पेयर्स पाट्सको समस्या केही दिनभित्रै समाधान हुने उनले प्रतिवद्धता जनाए ।
शोरूमकी बिक्री प्रमुख सरिता चौधरीले सुजुकीका ग्राहकका लागि स्पेयर्स पार्टस र सहज सर्भिसको सुविधा दिइने बताइन् । त्यसका लागि दक्ष प्राविधिक जनशक्ती र आधुनिक उपकरणहरू जडान गरिएको जानकारी दिइन् ।
साथै शोरूमले महाएक्सचेन्ज मेलासमेत सुरूवात गरेको जनाइएको छ । जस अन्तरगत कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरलाई एक्सचेन्ज गरी नयाँ मोटरसाइकल र स्कुटर खरिद गर्न सकिने र त्यसमा आकर्षक छुट पनि प्रदान गरिने जनाइएको छ ।
शोरूम उद्घाटनका अवसरमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, भिजी अटोमोबाइल्सका बिक्री प्रमुख रामचन्द्र कंडेल, जीवन विकास समाजकी अध्यक्ष रिबोलदेवी मण्डल लगायतको उपस्थिति थियो ।
आइतबार शोरूमको उद्घाटनका अवसरमा मोटरसाइकल खरिद गर्ने रञ्जित बहरदार र राजेश शर्मालाई मोटसाइकलको साँचो पनि हस्तान्तरण गरिएको थियो ।
View : 130
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved