सुन्दरहरैंचा । ३३औं प्याब्सन स्थापना दिवसका अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सुन्दरहरैंचा नगर समितिले विविध कार्यक्रम गरेको छ ।
सो अवसरमा सरस्वती आधारभूत विद्यालय सुन्दरहरैंचा–२ का ५८ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको प्याब्सन नगर समिति अध्यक्ष दिपेन राईले जानकारी दिए । उनले स्थापना दिवसको अवसर पारेर सम्मान तथा दिप प्रज्ज्वलनको कार्यक्रम समेत गरिएको उल्लेख गरे ।
प्याब्सनको स्थापना दिवसको कार्यक्रममा एसईई २०७९ मा उत्कृष्ट जीपीए ल्याउने सिद्वार्थ सेकेन्डरी स्कूलका सौरभ बुढाथोकी र ज्ञानज्योति इङ्लिस स्कुलकी संस्कृति दाहाललाई नगद, दोसल्ला तथा सम्मानपक्रले सम्मानित गरिएको थियो ।
कार्यत्रममा नगर शिक्षा शाखा प्रमुख लिला ओझा, वडाध्यक्ष विवश प्रधान, प्याब्सनका केन्द्रीय सचिव हेमन्त कार्की, प्याब्सनका कोशी प्रदेश उपाध्यक्ष अर्जुन बस्नेत, नगर प्याब्सन कमिटीका सल्लाहकार गोविन्द कार्की, देवी सिटौलालगायतको सहभागिता रहेको थियो ।
View : 401
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved