विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले विगत ६ वर्षदेखि गर्दै आएको श्रावणी मेला शुक्रबार र शनिबार अतिथि सदनमा गर्ने भएको छ । मञ्चकी अध्यक्ष ललिता जाजूले सामाजिक र मानवसेवाको कार्यअन्तर्गत श्रावणी मेला पनि भएको उल्लेख गर्दै यस वर्ष पनि मेलालाई निरन्तरता दिएको बताइन् ।
मेलाबाट संकलित कोषबाट मञ्चले दुःख र अप्ठ्यारोमा परेका नागरिक तथा विद्यार्थीका लागि सेवा गर्दै आएको अध्यक्ष जाजूले जानकारी दिइन् ।
मञ्चले केही समयअघि विपन्न समुदायका १५ जोडीको सामूहिक विवाह गराइदिएको थियो । साथै दलित तथा विपन्न समुदायका १५ महिलालाई सिलाइ कटाइको तालिम दिएर सिलाइ मेसिन पनि प्रदान गरेको थियो ।
मेलाका संयोजिका ललिता राठीले मेलामा लुगाकपडा, खेलौना, खानेकुरा, मसला, शृंगार प्रसाधन लगायतका ३० वटा स्टल हुने जानकारी दिइन् । दुईदिने मेलाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्क्री हिक्मत कार्कीले गर्ने कार्यत्रम छ ।
View : 200
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved