सुनसरी । इटहरीमा पहिलो पटक जुत्ता–चप्पल व्यापार महोत्सव हुने भएको छ ।
‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ फागुन ११ गते देखि चैत २५ गतेसम्म महोत्सव हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
इटहरी पश्चिमलाइनस्थित यमाहा शोरुम छेउमा आयोजना हुने जुत्ता चप्पल महोत्सव ३५ दिन चल्ने आयोजक समितिका अध्यक्ष एवं फुटवेयर मेनुˆयाक्चर एसोसिएसनका निवर्तमान अध्यक्ष नानिराज घिमिरेले बताए । स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्ताको रुचि जगाउने उद्देश्यले महोत्सव राखिएको आयोजकले बताएका छन् ।
महोत्सवमा नयाँ नयाँ डिजाइनका आकर्षक जुत्ता–चप्पल सुपथ मूल्यमा उपलब्ध गराइने र महोत्सवभरि २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने छ । महोत्सवमा नेपालका १० वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डका ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुने कार्यक्रम संयोजक होमनाथ उपाध्यायले बताए ।
जसमा रोयल फुटवेयर इण्डष्ट्रिज प्रालिको रोयल शुज, वेस फुटवेयर इन्डष्ट्रिज प्रालिको बीएफ डियर हिल शुज, लालीगुराँस फुटवेयर इन्डष्ट्रिज प्रालिको क्रशरोड शुज, शुभकामना फुटवेयरको फस्टवाक शुज, डीजे शुज कम्पनीको डिजे शुज रहेको उपाध्यायले जानकारी दिए ।
महोत्सव अवधिभर करिब ३ लाखले अवलोकन गर्ने र २ करोड बराबरको कारोबार हुने आयोजकको भनाइ छ ।
View : 502
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved