Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

मलखाद र सिंचाइबारे मन्त्रीको ध्यानाकर्षण

उद्‌घोष संवाददाता
२८ साउन २०८२, बुधवार

Advertisement

विराटनगर । धान लगायत बर्षे बालीका लागि आवश्यक परेको मलखाद नपाइएको र कतिपय स्थानमा सिंचाइको असुविधा भएको भन्दै नेपाल किसान महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । 

नेपाल किसान महासंघ मोरङका अध्यक्ष बसन्त होमागाईं र सुनसरी अध्यक्ष रामवृक्ष मेहताले कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीलाई  ध्यानाकर्षणपत्र बुझाउँदै चार सूत्रीय माग गरेका हुन् । 

उनीहरुले धानलगायत बर्षे बालीका लागि रासायनिक मल खादको अभाव रहेकाले चाँडो भन्दा चाँडो उपलब्ध हुने  वातावरण मिलाउन माग गरेका छन् । 

त्यसैगरि सुनसरी मोरङ सिंचाइ आयोजनाको नहरमा नियमित पानी सुचारु गर्न र सिंचाइ सुविधा नभएका ठाउँका किसानलाई अनुदानमा पानी तान्ने बोरिङ उपलब्ध गराउन किसान महासंघले माग गरेको छ । 

मोरङको ग्रामथान गाउँपालिकामा पालिका अध्यक्ष नमोनारायण माझी र वडाध्यक्षहरुबीचको आन्तरिक विवादले पालिकाको काम ठप्प हुँदा स्थानीय डिलरहरुले मलखादको व्यवस्थापन गर्न नसकेको भन्दै अन्य विकल्पमार्फत किसानलाई मल पाउने व्यवस्थाका लागि पहल गर्न मन्त्री अधिकारीको ध्यानाकर्षण गराइएको नेपाल किसान महासंघ मोरङका अध्यक्ष बसन्त हुमागाईंले बताए ।

किसान महासंघको ध्यानाकर्षणपत्र बुझेपछि मन्त्री अधिकारीले आफूले किसानका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको हुमागाईंले जानकारी दिए ।

View : 731

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved